यू-१९ विश्वकप छनोट : यूएईसँग निर्णायक खेल खेल्दै नेपाल

काठमाडौं - यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।

६ राष्ट्र सहभागी छनोट प्रतियोगितामा यस खेल जित्ने टोली अर्को वर्ष श्रीलंकामा आयोजना हुने यू-१९ विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टोली जितसहित विश्वकपमा पुग्ने लक्ष्यमा छन् ।सन् २०१६ पछि यू-१९ विश्वकप नखेलेको नेपाली युवा टोली यसपटक जसरी छनोट हुने लक्ष्यसहित यूएई पुगेको थियो ।