images

दोलखा समाज जापानद्वारा अक्षयकोष अभियानलाई सहयोग गर्न बार्बेक्यु आयोजना

टोकियो, जापान । दोलखा समाज जापानद्वारा अक्षयकोष सहयोगार्थ आयोजित बार्बेक्यु कार्यक्रम भव्य तथा सहभागितामूलक वातावरणमा सम्पन्न भएको छ।

मे ३१ तारिख टोकियोस्थित तोकाई पोर्ट पार्कमा आयोजित कार्यक्रममा जापानमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, समाजका अग्रज व्यक्तित्व, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, साथै दोलखाली दाजुभाइ–दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका उपाध्यक्ष मुक्तिराम खनाल, गोरखा समाज जापानका अध्यक्ष अर्जुन ढकाल, समाजका पूर्वअध्यक्ष सीएम भट्टराई, तमु धीं जापानका अध्यक्ष अमर गुरुङलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

दोलखा समाज जापानले कार्यक्रम सफल बनाउन उपस्थित सम्पूर्ण अतिथि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजका अग्रज, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, साथै सहभागी सबै दोलखाली दाजुभाइ–दिदीबहिनीप्रति हार्दिक आभार व्यक्त गरेको छ।

समाजले आगामी दिनहरूमा पनि सामाजिक, सांस्कृतिक तथा सहयोगमूलक गतिविधिहरूलाई निरन्तरता दिँदै समुदायबीच आपसी एकता, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ। साथै यस्ता कार्यक्रमहरूमा सबैको निरन्तर साथ, सहयोग र सहभागिताको अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सफल बनाउन अथक रूपमा खटिनुहुने सम्पूर्ण कार्यसमिति परिवार, कोसेली परिवार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति समाजले विशेष धन्यवाद ज्ञापन गरेको छ।

दोलखा समाज जापानका अध्यक्ष संजीव पोखरेलले कार्यक्रम सफल बनाउन सहयोग, समर्थन तथा सहभागिता जनाउने सम्पूर्ण महानुभावहरूप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि समाजका गतिविधिहरूमा यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो।

मङ्गलबार १९ जेठ २०८३ ०३:१७ PM मा प्रकाशित

प्रतिक्रिया