images

नेपालीकांग्रेसको पदाधिकारी बैठक बस्दै 

काठमाडौं । नेपालीकांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ ।
बैठकमा नेकपाएमालेसँग सत्ता साझेदारीमाभएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने बताइएको छ । 
कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारीमादुई दलकाशीर्ष दुई नेताले हस्ताक्षर गरेका थिए । 
दुई दलका नेताहरुबीचमध्यरातसम्मभएको छलफलमा एमाले अध्यक्ष केपीशर्मा ओली सुरुका दुई वर्ष  र शेरबहादुर देउवाबाँकीअवधिचुनावसम्मप्रधानमन्त्रीबन्ने समझदारी भएको बताइएको छ ।
 

मङ्गलबार १८ असार २०८१ ०१:५५ PM मा प्रकाशित

प्रतिक्रिया