काठमाडौँ - देशभरका अदालतका कर्मचारी आन्दोलित भएका छन् ।
केही दिनअघि जिल्ला अदालत ललितपुरकी नायव सुब्बा प्रेमिका तामाङमाथि वकिल अमिर लामिछानेले कुटपिट गरेको विरूद्वमा कर्मचारीहरू पेन डाउन गरेर आन्दोलित भएका हुन् ।
कर्मचारीहरू आज दिउँसो १ बजेसम्म पेनडाउन गरेर आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी आन्दोलित भएसँगै सर्वोच्च अदालतसहित देशैभरका अदालतको सेवा प्रवाह प्रभावित भएको छ ।