काठमाण्डौँ - नेकपा एमाले बागमती प्रदेश संसदीय दलले बजेटको सन्र्दभमा सरकारलाई ११ बुँदे सुझाव बुुझाएको छ ।
बागमती प्रदेशसभा बैठक आजबाट सुरु हुने भएपछि एमालेले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि एमालेले ११ बुँदे सुझाव बुुझाएको हो । बागमती प्रदेश सरकारले ल्याएको बजेटमा असन्तुुष्ट जनाउदैँ बजेटलाई संसोधन नगरेसम्म बैठक अवरुद्ध जारी राख्ने पत्रकार सम्मेलन मार्फत एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी गराए ।
उनले पत्रकार सम्मेलनमा बोल्दै प्रदेशको गौरवको योजनालाई वेवास्ता गर्दै बजेट गठवन्धनको दलका नीजि जग्गा प्लटिङ गर्न ल्याईएको देखिएको बताए ।