images

टी–२० श्रृंखला ः  नेपाल क्यानडासँग चार विकेटले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलामानेपाल घरेलु टिम क्यानडासँग चारविकेटले पराजितभएको छ । किंग सिटीमा नेपालले दिएको १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । क्यानडाका लागि साद बिन जाफर ३३ रनमाअविजित रहे । यस्तै, निकोलस किर्तोनले २६, दिलप्रितबाजवा २५, हर्ष ठाकेरले १९ र नवनितधालिवालले १२ रनको योगदानदिँदा रविन्द्रपाल सिंह २० रनमाअविजित रहे ।नेपालकालागि सन्दिप लामिछाने र ललित राजवंशीले समान २–२ तथा सोमपालकामीले १ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३९ रनको योगफलतयार पारेको थियो ।नेपालकालागिअनिल साहले सर्वाधिक ४१ रनको योगदानदिए । यस्तै, आसिफ शेखले ३० रन जोड्दा गुल्सन झा २३ रनमाअविजित रहे । यसैगरी, कुशलभुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, करण केसीले ८ तथाकप्तान रोहितपौडेल र कुशलमल्ल समान ४–४ रन जोडे ।क्यानडाका लागिहर्ष ठाकेरले २ तथाप्रविनकुमार, अखिलकुमार, डिलोन हेलिगर र साद बिन जाफरले समान १–१ विकेट लिए ।

बुधबार १६ असोज २०८१ १०:४१ AM मा प्रकाशित

प्रतिक्रिया