images

धादिङ समाज जापानद्वारा रक्तदान कार्यक्रम सम्पन्न 

ओसाका। मानव सेवा तथा सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङ समाज जापान, कान्साई क्षेत्रीय समितिले जापान रेडक्रससँग सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। “रक्तदान गरौँ – आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ” भन्ने मूल नारासहित आयोजना भएको उक्त कार्यक्रममार्फत जापानमा रहेका नेपाली समुदायका करिब १७ जनाले  रक्तदान गरेको आयोजकले जनाएको छ। रक्तदान गर्न आएका करिब ४० जना मध्ये १७ जनाको दान गर्न उपयुक्त रहेको समाजका अध्यक्ष विकास अधिकारीले जानकारी दिनु भयो । 


यसका अलावा धादिङ समाज जापान केन्द्रले स्थानीय रेडक्रस सोसाईटीको सहकार्यमा आइतबार टोकियो, नागोया शहरमा समेत एकैदिन रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । पहिलोपटक तीनै सहरमा एकैसमय आयोजन गरिएको अभियानले जापानमा रहेका नेपाली समुदायलाई मानवीय कार्यमा एकताबद्ध गरेको छ।
 

मङ्गलबार १६ मंसिर २०८२ ०२:४५ PM मा प्रकाशित

प्रतिक्रिया