ओसाका, जापान । नेपाल मगर संघ जापान कान्साई क्षेत्रीय समितिले मगरहरूको मुख्य चाड माघे संक्रान्ति पर्ब विशेष समारोहको आयोजना गरी मनाउने भएको छ । माघे संक्रान्ति विशेष सांगितिक साँझको आयोजना गरि ओसाकामा भव्य रुपमा मनाउन लागेको मगर समाजका अभिभावक तथा समाजसेवी भीम काउछा अनुपले जानकारी दिनु भयो ।
जापानको ओसाकामा बस्ने आम नेपाली दाजुभाई तथा दीदीबहिनीका साथ सामूहिक रूपमा यही जनावरी १३ तारिकमा भव्यताका साथ माघी मनाउन लागिएको हो। कार्यक्रमा मगर भेषभुषा तथा कला संस्कृतीको प्रर्दशनी एवं राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीमा कार्यक्रम आयोजना हुन लागेको समाजका सदस्य पृथ्वी मगरले जाकारी दिनु भयो ।
नेपाली लोक दोहोरी क्षेत्रका कलाकारहरु हेमन्त आले मगर, रेश्मा पुन मगर, चेतन घर्ति मगर, गिता पाईजा पुन मगर । पवित्रा सरतुङगे मगर र चर्चित डान्सर प्रगति पुन मगर सहति स्थानिय कलाकारहरुको प्रस्तुती रहने बताईएको छ । कार्यक्रममा माघे संक्रान्तिमा खाईने परिकारहरु तरूल, तिलको लड्डू, चाकु, सेल रोटी अचारसहित स्वादिस्ट भोजनको पनि व्यवस्था रहेको मगरले जानकारी दिनु भयो । कार्यक्रमबाट उठेको रकम जापानको टोकियोमा बस्ने मृगौला पिडित एलिना पुन मगरको उपचारमा सहयोग गर्ने पनि जानकारी दिनु भयो ।
कार्यक्रम ओसाकाको तेन्नोजीमा रहेको कुमिन सेन्टरमा हुने बताईएको छ । 〒543-0073 大阪府大阪市天王寺区生玉寺町7−57 天王寺区民センタ
प्रतिक्रिया