रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नम्बर ४ मा एक पुरुष मृत अवस्थामा भेटिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि करिब ४० मिटरको दुरीमा मृत अवस्थामा वृद्धको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।दक्षिण भित्रि सडक खण्डमा एकजना वृद्ध मानिस लडेको खबर आएपछि शनिबार बिहान प्रहरी टोली घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश झाले बताए ।उनले मृत फेला परेका वृद्धको नामथर वतन नखुलेको र अन्दाजी बर्ष ६०र७० को रहेको बताए । मृतक वृद्धको टाउकोमा गम्भीर चोट लागेको देखिन्छ ।मृतकको साथबाट पहिचान खुल्ने कागज फेला नपरेकाले चिन्नुहुने महानुभावले प्रहरीमा सम्पर्क गर्न समेत इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले आग्रह गरेको छ । प्रहरी कार्यलयबाट एक किलोमिटर पश्चिममा भएको घटनाका बारेमा आवश्यक अनुसन्धान कार्य भईरहेको ई।प्र।का।चन्द्रनिगाहपुर जनाएएको छ ।
प्रतिक्रिया