चलचित्र ‘हुक्का’ को ट्रेलर कस्तो छ ?

काठमाडौं - शम्भु थापा निर्देशित चलचित्र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ को ट्रेलर सार्वजनिक भएको छ ।

मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

२ मिनेट ५६ सेकेन्ड लामाे सार्वजनिक ट्रेलरमा पारिवारिक कथावस्तुलाई देखाइएको छ ।

पार्वती थापा, सुशिला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको चलचित्रमा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् ।

चलचित्रमा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, एलिशा विक, अशु न्यौपाने, निश्चल विमल, अर्जुन गोदाम, तलिशा गुरुङलगायतका कलाकारको अभिनय छ ।

कृष्ण बहादुर थापाले छायांकन गरेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।

स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै बनाएको चलचित्र जेठ १२ गतेदेखि प्रदर्शन हुँदैछ ।

https://youtu.be/qQ8gVSARQBE