काठमाडौं - मोरङको एक विद्यालयको शौचालयमा एक व्यक्तिले आफैँलाई आगो लगाएका छन् ।
सुन्दरहरैचा नगरपालिका-२ स्थित श्री माध्यमिक विद्यालयको शौचालयमा सोही विद्यालयका लेखापाल ४० वर्षीय मनिल ढकाल आफैँलाई आगो लगाएका हुन् ।
उनले बिहान सात बजे आत्मदाहको प्रयास गरेका हुन् । उनको उद्दार गरेर कोशी अस्पताल पठाइको छ ।
शौचालयबाट विषको बोत्तलसमेत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
उनको अवस्था गम्भीर रहेको छ ।