बजेटविरुद्ध चलचित्रकर्मीहरूले आन्दोलन गर्ने

काठमाडौं -  सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटविरुद्ध चलचित्रकर्मीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाली चलचित्रसम्बद्ध विभिन्न आठ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी आन्दोलन गर्ने चेतावनी दिएका हुन् । सरकारले हालै ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यप्रति आपत्ति जनाउँदै उनीहरूले आन्दोलनको चेतावनी दिएका हुन् ।