images

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु हुने भएको छ ।‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ काठमाडांै कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा हुन लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।मधेस केन्द्रित ७ दलको मोर्चाले काठमाण्डौ, भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा जनजागरण अभियान गर्न लागेको छ ।कार्यक्रममा मोर्चाका शीर्ष नेताहरुले संघीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्वबारे प्रष्ट पार्ने बस्नेतले बताए ।कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मोर्चा सम्बद्ध दलहरु आवश्यक तयारीमा जुटेको र जसपा नेपालले ८ स्थानको कार्यक्रममा सहभागी हुने नेताहरुको टुङ्गो समेत लगाइसकेको बस्नेतले बताए ।
 

आइतबार​ १८ साउन २०८२ ११:१८ AM मा प्रकाशित

प्रतिक्रिया