images

एस्टन भिल्लाको एतिहासिकजित

काठमाडौं । एस्टन भिल्लाले बायर्न म्युनिखलाई १–० ले हराउँदै ऐतिहासिकजितहातपारेको छ । कोलम्बियन स्ट्राइकर जोन डुरानले खेलको अन्तिम ११ मिनेटमा म्यानुएलनुयरलाई चकितपार्दै गोल गरे, जसले ४१ वर्षपछि च्याम्पियन्स लिगमाफर्किएको भिल्लालाई दुई खेलमालगातार जितदिलायो ।बायर्नले भिल्लापार्कमा अपराजितयात्राकायम राख्दै उच्चफर्ममा प्रवेश गरेको थियो । तर प्रशिक्षकउनाई एमरीको खेल योजनाले बायर्नलाई निरुत्साहितबनायो ।७९ औं मिनेटमा  डुरानले म्यानुएल नोयरलाई उत्कृष्ट गोल गर्दै टिमलाई अग्रतादिलाए ।डुरानले पाउ टोरेसको लामो पासलाई उत्कृष्ट रूपमा नियन्त्रणमा लिएर नुयरलाई अगाडि नै छलेर लामो दूरीबाट गोल गरे ।प्रिन्स विलियमपनि ४०,००० भन्दा बढी समर्थकहरूसँगै भिल्लापार्कमा थिए, जसले भिल्लालाई प्रेरित गरे । पाँचवर्षअघि दोस्रो श्रेणीमा संघर्ष गरिरहेको एस्टन भिल्ला एमरीको नेतृत्वमा छोटो समयमाचमत्कारी रूपमा सुधारिएको छ ।युवटोन ब्वाइजविरुद्धको ३–० को सहज जितपछि, ६ पटकको युरोपियनच्याम्पियनबायर्न म्युनिखको आगमनभिल्लाका समर्थकहरूको लागिविशेष क्षण बन्यो । बायर्नका स्टार स्ट्राइकर ह्यारी केनले चोटको बाबजुद मैदानमाउत्रिएकाथिए, तर एमरीको सुनियोजित रक्षात्मक रणनीतिले बायर्नलाई रोक्न सफलभयो ।
खेलको सुरुवाती समयमाबायर्नले बलको नियन्त्रण राखेको थियो, तर एस्टन भिल्लाको गोलरक्षक एमी मार्टिनेजले ह्यारी केनको हेडरलाई उत्कृष्ट बचाउ गरे ।जोन डुरानको गोलपछि, खेलको अन्त्यसम्मबायर्न म्युनिखले बराबरीको लागिनिकै प्रयास गरे । तर मार्टिनेजको शानदार बचाउले अन्त्यसम्मबायर्नलाई निराशबनायो ।भिल्लापार्क खेलअघि, खेलको क्रममा, र खेलपछि उत्साहले भरिएको थियो । मुख्यप्रशिक्षकउनाई एमरीले यस रातलाई क्लबका सबै सदस्यहरूकालागिअविस्मरणीय क्षणका रूपमा वर्णन गरे ।एमरीले भने, ‘म हाम्रो समर्थकहरू, कोचहरू, मालिकहरू, र यहाँकाम गर्ने सबैका लागि धेरै खुशी छु । बायर्न म्युनिख जस्तो स्तरको टिमविरुद्ध खेल्नु र जित्नु एक महानउपलब्धिहो ।’
 

बिहीबार १७ असोज २०८१ ११:४९ AM मा प्रकाशित

प्रतिक्रिया