images

युक्रेनीक्लबशख्तर डोनेस्कमाथिएटलान्टा ३–०गोल अन्तरले विजयी

काठमाडौं । युइएफएच्याम्पियन्स लिगमा इटालियन क्ल्ब एटलान्टाले युक्रेनीक्लबशख्तर डोनेस्कलाई ३–० ले हराउँदै सन् २०१९ को नतिजा दोहोर्याएको छ। पहिलो हाफमाउत्कृष्ट प्रदर्शन गर्दै खेल जित्ने आधार तयार गरेको थियो । डिम्सिटी, लुकम्यान र बेलानोवाकाले एक एकगोल गर्दा एटलान्टाले तीनअंकहासिलगर्दै आफ्नो अपराजितयात्रा जारी राखेको छ ।२१ औंमिनेटमा ब्रेट डिम्सिटीले एडेमोलालुकम्यानको पासमागोल गर्दै एटलान्टालाई अग्रतादिलाएकाथिए । ४४ औंमा मिनेटमा लुकम्यानले अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोल गरेको एटलान्टाले दोस्रो हाफमा अरु १ गोल थपेको थियो । ४८ औंमिनेटमा बेलानोवाकोले गोल गरेपछि सख्तर खेलमा फर्कन सकेन । खेलमाशख्तर को प्रदर्शन निकै कमजोर रह्यो । निर्धारित र अतिरक्त गरेर ९४ मिनेटसम्म कुनै पनि बेला एटलान्टामाथि दबाबबनाउन सकेन ।एटलान्टाको अर्को खेल अक्टोबर २३ मा स्कटल्याण्डको सेल्टिकसँग हुनेछ, जबकिशख्तरले आफ्नो आगामी खेलमाआर्सनलसँग खेल्न उत्तर लण्डनको यात्रा गर्नुपर्नेछ ।
 

बिहीबार १७ असोज २०८१ ११:४६ AM मा प्रकाशित

प्रतिक्रिया