images

राष्ट्रपति पौडेलद्धारा शीतलनिवासमा घटस्थापना 

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको पहिलो दिन वैदिकविधिपूर्वक विश्वशान्ति र नेपालीजनताको समृद्धिको संकल्पसहितशीतलनिवासमा घटस्थापना गरेका छन् । राष्ट्रकल्याण र सम्पूर्ण नेपालीजनताको उन्नति र सुखीजीवनकालागिपूजासहितजमरा राखेको उनको सचिवालयले जनाएको छ । बिहान९ बजेर १६मिनेटको शुभ साइतमानवदुर्गाको प्रतीकका रुपमाकलश स्थापना गरी दियो र गणेशको पूजा गरेर राष्ट्रपति पौडेलले जौँ (यव) छरेको बताइएको छ । आज छरिएको जमरा विजयादशीकादिनदेवीविसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रुपमामान्यजनको हातबाट ग्रहण गरिने परम्परा छ । 
 

बिहीबार १७ असोज २०८१ ११:५५ AM मा प्रकाशित

प्रतिक्रिया