images

नेपाल ट्रक यातायात व्यवसायी महासंघको १६ औं वार्षिक साधारण सभा पौष २१ गते शनिबार

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघ १६ औं वार्षिक साधारणसभा यही पौष २१ गते शनिवार ललितपुरमा हुने भएको छ । 

ललितपुरको क्लासिक ब्याङ्क्वेट सानेपामा सम्पन्न हुने १६ औं साधारणसभाको तयारी तिब पारिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने साधारणस भामा देशभरबाट तीन सय ५० हाराहारी व्यवसायीहरुको सहभागी रहने महासंघ महासचिव राजेन्द्रबिक्रम  बानियाँले जानकारी दिनुभयो । 

२०५७ सालमा संघका रूपमा  स्थापना भइ २०६२ सालमा महासंघ बनेको हो । हाल महासंघमा देशभरका २८ संघहरु आवद्ध छन् ।

बिहीबार १९ पुस २०८० १०:२२ AM मा प्रकाशित

प्रतिक्रिया