आइएमई लाइफले बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने

 काठमाण्डौँ - आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा सार्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भोलि बुधबारदेखि सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने लागेको हो ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरीसकेको छ । जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।