images

पोर्टो र म्यानचेस्टर युनाइटेडले बराबरी खेले 

काठमाडौं । युइएफए युरोपा लिग फुटबलमा पोर्चुगिज क्लब पोर्टो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ३–३ गोलको बराबरी खेलेका छन्  ।
खेलको शुरुवातमै तीव्र गतिमा अग्रता लिएको युनाइटेडका लागि मार्कस रशफोर्डले सातौं मिनेटमा पोस्टको बायाँतर्फ गोल गर्दै खेलको खाता खोलेका थिए  ।
त्यसपछि रास्मस होजलुन्डले २० औं मिनेटमा दोस्रो गोल थप्दै युनाइटेडलाई २–० ले अगाडि बढाए । क्रिश्चियन एरिक्सन हुँदै  रशफोर्डले दिएको पासमा होजलुन्डले गोल गरेपछि खेलको २० मिनेटभित्रै युनाइटेडको अग्रता दोब्बर बनेको थियो । उक्त गोललाई भारले चेक गरेको थियो ।
तर, घरेलु टोली पोर्टोले दर्शकहरूको समर्थनमा चाँडै नै पुनरागमन गर्दै खेललाई रोमाञ्चक बनायो  । २७ औं मिनेटमा पेपेले नजिकैबाट हेडर गोल गर्दै गरे । त्यसको सात मिनेटपछि ९३४औं० जोआओ मारियोको उत्कृष्ट क्रसमा सामुले शक्तिशाली हेडर गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
दोस्रो हाफको सुरुवातमै सामुले आफ्नो दोस्रो गोल थप्दै पोर्टोलाई अग्रता दिलाए । मासरावीले पेपेलाई अनसाइड खेल्दा, ब्राजिलियन स्ट्राइकरले दायाँतर्फबाट पास गर्दै गोलको अवसर सिर्जना गरे । 
पोर्टोको ऐतिहासिक जित नजिक जस्तो देखिएको थियो । तर म्यानचेस्टर युनाइटेडले अन्तिम समयमा पुनरागमन गर्दै खेल बराबरीमा पु¥यायो । ८१ औं मिनेटमा दोहोरो पहेँलो कार्ड ९रातो० पाउँदै ब्रुनो फनान्डेज बाहिरिए पनि १० खेलाडीमा समेटिएको युनाइटेडले अन्ततः बराबरी गर्न सफल भयो  ।
प्रशिक्षक एरिक टेन हागले अन्तिम १० मिनेटमा जोनी इभान्स र ह्यारी म्याग्वायरलाई मैदानमा उतारे, जसमा म्याग्वायरले एरिक्सनको कर्नरमा हेड गोल गर्दै युनाइटेडलाई अन्तिम समयमा बराबरी गर्न सफल बनाएका थिए ।
 

शुक्रबार​ १८ असोज २०८१ ०१:११ PM मा प्रकाशित

प्रतिक्रिया