images

पोर्चुगलमा पनि मनाइयो टोपीदिवस

लिस्बन। अंग्रेजी नयाँवर्षको दिन मनाइने राष्ट्रिय टोपीदिवस युरोपेली मुलुक पोर्चुगलमा पनि मनाइएको छ । गैरआवासीय नेपाली संघ पोर्चुगलको आयोजनामा राजधानीलिस्बनमाअंग्रेजीनयाँवर्ष २०२५ को शुभकामनाआदानप्रदानतथा टोपीदिवस मनाइएको हो । लिस्बनस्थितअलमेदा पार्कमा सामूहिक रुपमा भेलाभई यहाँका नेपाली समुदायले शुभकामनाआदानप्रदानतथा टोपीदिवस मनाएकाहुन्। सो अवसरमा राष्ट्रिय झण्डासहित नेपाली टोपीमा सजिएका नेपालीहरुले सामूहिकनाचगान र मनोरञ्जन गर्नुका साथै शुभकामनाआदानप्रदान गरेका थिए । संघका कार्यवाहकअध्यक्षदिनेश खड्काको अध्यक्षतातथाकार्यवाहकमहासचिवदीपेश विष्टको सञ्चालनमा सम्पन्नभएको कार्यक्रममा नेपालीजनसम्पर्क समितिपोर्चुगलकाअध्यक्षयुवराजपन्थी, नेपाल राष्ट्रिय तामाङ घेदुङ (संघ) पोर्चुगलकाअध्यक्षइमानसिंह तामाङ, बागलुङ समाजपोर्चुगलकामहासचिव कृष्ण केसी, संघकी उपाध्यक्षपुनमगौतम लगायतले शुभकामनामन्तव्यव्यक्त गरेका थिए । बिदेशीभूमिमा नेपाली संस्कृति र पहिचानको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्धेश्यका साथविशेष कार्यक्रमको आयोजना गरि टोपीदिवस मनाइएको संघले जनाएको छ । ’नेपाली टोपीःहाम्रो पहिचान’भन्ने नाराका साथविश्वभरका नेपालीले हरेक वर्ष जनवरी १ तारिखकादिनअन्तर्राष्ट्रिय नेपाली टोपीदिवस मनाउँदै आएको छ ।
 

आइतबार​ २१ पुस २०८१ ०८:२९ AM मा प्रकाशित

प्रतिक्रिया