काठमाडौं । पाकिस्तान तहरीक–ए–इन्साफ ९पीटीआई० का संस्थापक तथा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफू र दाजु सुलेमान खानले पाकिस्तान जानका लागि दिएको भिसा आवेदन सरकारले जानाजानी रोकिरहेको आरोप लगाएका छन् ।कासिम र उनका दाजु सुलेमान हाल लन्डनमा आमा जेमिमा गोल्डस्मिथसँग बसोबास गर्दै आएका छन् । बुधबार सामाजिक सञ्जाल एक्समा लेख्दै कासिमले ९१४ दिनदेखि इमरान खानलाई एकान्त कारावासमा राखिएको र स्वास्थ्य अवस्था बिग्रँदै जाँदा पनि स्वतन्त्र चिकित्सकीय उपचारबाट वञ्चित गरिएको दाबी गरेका छन् । उनले आफूहरू बाबुलाई भेट्न पाकिस्तान जान चाहँदा सरकारले भिसा प्रक्रिया नै अघि नबढाएको आरोप लगाएका हुन् ।‘कुनै कैदीलाई उपचारबाट वञ्चित गर्नु क्रूरता हो । आफ्ना सन्तानलाई बाबुसँग भेट्न नदिनु सामूहिक दण्ड हो,’कासिमले लेखेका छन् । उनले अन्तर्राष्ट्रिय मानवअधिकार संस्था तथा सरकारहरूलाई हस्तक्षेप गर्न आह्वान गर्दै ढिला भए अपूरणीय क्षति हुनसक्ने चेतावनी दिएका छन् ।यो घटनाक्रम इमरान खानको स्वास्थ्य अवस्था र उपचार पहुँचबारे बढ्दो चिन्ताका बीच आएको हो । गत साता सरकारले इमरान खानलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस ९पिम्स० लगिएको स्वीकार गरेको थियो ।त्यसपछि पीटीआईले परिवार र पार्टी नेतृत्वलाई जानकारी नदिई गोप्य रूपमा अस्पताल सारिएको भन्दै सरकारको आलोचना गरेको थियो । पार्टीले इमरान खानलाई आफ्ना निजी चिकित्सकहरूसँग भेट्न नदिइएको आरोप पनि लगाएको छ ।यसअघि राष्ट्रिय सभाका विपक्षी नेता महमूद खान अचकजईले प्रधानमन्त्री शेहबाज शरीफलाई पत्र लेख्दै इमरान खानका ‘विश्वसनीय’ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गराउन व्यक्तिगत हस्तक्षेप गर्न आग्रह गरेका थिए ।इमरान खानका छोराहरूले सन् २०२५ को डिसेम्बरमै भिसा आवेदन दिएको र जनवरीमा पाकिस्तान जाने योजना बनाएको बताएका थिए ।
तर, पछिल्ला रिपोर्टहरूमा अधिकारीहरूले कासिम र सुलेमानलाई भिसा दिन अस्वीकार गरिरहेको उल्लेख भएपछि पूर्वप्रधानमन्त्रीको स्वास्थ्य र परिवारसँगको भेटघाटबारे चिन्ता थप बढेको छ ।
प्रतिक्रिया