काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर तथा कोठा खाली गर्न सम्बन्धित पक्षलाई ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ ।काठमाडौं महानगरपालिका, कानून तथा मानव अधिकार विभागअन्तर्गत न्यायिक समितिबाट घररकोठा खाली गर्ने भनी भएका निर्णयहरूमध्ये सहकारी संघ–संस्थाले बहालमा लिएका घर–कोठा खाली गर्ने सम्बन्धमा मिति २०८२र१०र१५ मा निर्णय कार्यान्वयन समितिको बैठकले गरेको निर्णयअनुसार उक्त सूचना प्रकाशित गरिएको हो ।सूचनाअनुसार तपसिलमा उल्लेख गरिएका सहकारी संस्थाका पदाधिकारी ९सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति०, कर्मचारी तथा सदस्यहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौं महानगरपालिका, कानून तथा मानव अधिकार विभागमा अनिवार्य रूपमा सम्पर्क गर्नुपर्नेछ ।तोकिएको समयभित्र सम्बन्धित सहकारी संस्थाका पदाधिकारी, कर्मचारी वा सदस्य सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयअनुसार सहकारीले बहालमा लिएका घर–कोठा खाली गरिने महानगरपालिकाले जनाएको छ । घर–कोठा खाली गरिँदा सहकारी कार्यालयमा रहेका सामानहरू सम्बन्धित घरधनीको जिम्मामा दिइने र पछि सहकारीका सम्पत्ति वा सरसामान सम्बन्धमा कुनै दाबी–विरोध स्वीकार नहुने पनि सूचनामार्फत जानकारी गराइएको छ ।काठमाडौं महानगरपालिकाले न्यायिक समितिको निर्णय कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई समयमै सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।घर÷कोठा खाली गर्ने निर्णय भएका सहकारी संस्थाहरू
१। आशा बचत तथा ऋण सहकारी संस्था लि।, का।म।पा। ३१
घरधनीः राजेन्द्र महर्जन
२। नव सबल सहकारी ÷ सन्दुप सहकारी, का।म।पा। ६
घरधनीः च्यावा लामा
३। युनिफाइड बचत तथा ऋण सहकारी संस्था, का।म।पा। १७
घरधनीः मञ्जु श्रेष्ठ
४। महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लि।, का।म।पा। २२
घरधनीः सागरमान तुलाधर
५। ग्रेट गंगासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, का।म।पा। ३२
घरधनीः नरेन्द्रमान तुलाधर
६। सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, का।म।पा। ६
घरधनीः सुरेन्द्रमान तुलाधर
७। प्रारम्भिक बचत तथा ऋण सहकारी लि।, का।म।पा। ३२
घरधनीः ठाकुरप्रसाद ढकाल
८। ग्रेट गंगासागर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, का।म।पा। १०
घरधनीः समिर अधिकारी
प्रतिक्रिया