काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण ढंगले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सफल भएको भन्दै धन्यवाद व्यक्त गरेका छन् । उनले यो निर्वाचनले जटील राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान मद्दत गरेको बताएका छन् ।
प्रचण्डले समाजिक सञ्जालमा लेख्दै नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज तथा सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनका अनुसार मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले देशको लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाएको छ । उनले आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया