images

एनआरएनएको निर्वाचित समितिले भेट्यो राष्ट्रपति र सभापति देउवालाई

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले राष्ट्रपति रामचन्द्र पौडेल र कांग्रेस सभापति शेर बहादुर देउवालाई भेटघाट गरेका छन् ।सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट महेश श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन भएको थियो । शीतल निवासमा भएको भेटमा अध्यक्ष श्रेष्ठले संघको निर्वाचनबारे जानकारी गराएका थिए ।राष्ट्रपति पौडेलले गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्र हाल देखिएको समस्या र विवाद समाधानमा अग्रसरता लिन संघको नेतृत्वलाई आग्रह गरेको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।एनआरएनएको मूल उद्देश्य–विदेशमा रहेका नेपालीलाई एकताबद्ध गर्दै नेपाल र नेपालीको समृद्धिमा योगदान पु¥याउने उल्लेख गर्दै, संघले विगतमा अथक प्रयास गरेर त्यो उद्देश्य पूरा गर्न कोसिस ग¥यो, तर हाल केही समयदेखि देखा परेका समस्या र विवादले त्यो पवित्र उद्देश्यमा अवरोध सिर्जना गरेको देखिन्छ ।’ राष्ट्रपतिको भनाई रहेको प्रवक्ता गौतमले जानकारी दिए ।गैरआवासीय नेपालीहरूलाई एक ढिक्का पार्न बाँकी रहेका विवाद समाधान गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले अपेक्षा व्यक्त गरेको र संघले विश्वभर रहेका सम्पूर्ण नेपालीलाई पुनः एकत्रित गर्न नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरेको अध्यक्ष महेश श्रेष्ठले बताए ।राष्ट्रपतिले नेपाली जहाँ बसे पनि नेपाली नै भएको उल्लेख गर्दै आत्मीयताको भावना र राष्ट्रिय एकताको जग बलियो बनाउनुपर्ने धारणा व्यक्त गरेको भेटमा सहभागी एनआरएनएका पदाधिकारीले जानकारी दिएका छन् । आइतबार भएको अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको हो ।त्यस्तै श्रेष्ठ नेतृत्वको टोलीले कांग्रेस सभापति शेर बहादुर देउवालाई भेटेर एकता महाधिवेशनबारे जानकारी गराएको छ । तर श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयनलगत्तै बद्री केसी नेतृत्वको टोलीले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अक्टोबरमा हुने अधिवेशनबारे जानकारी गराएको छ । 
 

सोमबार २२ बैशाख २०८२ ०५:०२ PM मा प्रकाशित

प्रतिक्रिया