images

नवलपुर समाज जापान, कान्साईको चौथौं अधिवेशन सोमबार हुँदै

ओसाका, जापान । नवलपुर समाज जापान, कान्साईको चौथौं अधिवेशन आगामी सोमबार आयोजना हुने भएको छ। समाजले एक सूचना जारी गर्दै अधिवेशनमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सम्बन्धित व्यक्तित्वहरूलाई हार्दिक निमन्त्रणा गरिएको समाजका अध्यक्ष प्रकाश कँडेलले जानकारी दिए ।

अध्यक्ष कँडेल अनुसार अधिवेशन २०२६  जुन ८ तरिकगते सोमबार  बेलुका  बजे ओसाकामा आयोजना हुनेछ। कार्यक्रमको स्थल जापानको ओसाका सिटी, निशी–कु, शिनमाची १–चोमे १४–२ मा रहेको छ।

अधिवेशनमार्फत समाजको आगामी कार्यदिशा तय गर्नुका साथै संगठनलाई थप सक्रिय, प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल गरिने जनाइएको छ। समाजले सदस्यहरूको अमूल्य उपस्थिति, सुझाव तथा सहभागिताले अधिवेशनको सफलतामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

नवलपुर समाज जापान, कान्साईले निर्धारित मिति, समय र स्थानमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सबैमा अनुरोध गरेको छ।

 

शुक्रबार​ २२ जेठ २०८३ ०२:०३ PM मा प्रकाशित

प्रतिक्रिया