images

सुदूरपश्चिम रोयल्सको सिइओमा प्रकाश खड्काञ नियुक्त 

नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सले प्रकाश खड्कालाई सिइओ नियुक्त गरेको छ । सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र खड्काबीच शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।खड्का लामो समयदेखि क्रिकेट व्यवस्थापनमा सक्रिय रहेकाथिए । उनले घरेलु क्रिकेटको धनगढी प्रिमियर लिगमा १० वर्ष निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए । सुदूरपश्चिमको पहिचान बोकेर एनपिएलमा सुदूरपश्चिम टोलीको साथ दिन पाउँदा खुसी लागेको सिइओ खड्काले बताए । उनले भने, ‘सुदूरपश्चिम क्षेत्र क्रिकेटको उर्वर भूमि हो । हाम्रो क्षेत्रको प्रतिनिधित्व गरेको टोलीको हिस्सा बन्न पाउँदा गर्व महसुस भएको छ । अब मैदानभित्र टोलीलाई थप बलियो बनाउन हाम्रो प्रयास हुनेछ । मार्कीमा हाम्रै क्षेत्रका दीपेन्द्रसिंह ऐरी र प्रशिक्षक जगत टमाटा हुँदा थप बल पुगेको छ ।’टोलीले बिहीवार ओलम्पियन दीपक विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो ।सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षक जगत टमाटा छन् ।
 

शनिबार १९ असोज २०८१ १२:२९ PM मा प्रकाशित

प्रतिक्रिया