images

ेपाल चेम्बर र भियतनामबीचव्यापार र लगानीप्रर्वद्धनबारे समझदारी

काठमाडौं । नेपाल र भियतनामबीचव्यापार र लगानीप्रर्वद्धन सम्वन्धमा सहकार्यको समझदारी भएको छ ।नेपाल चेम्बर अफकमर्स र भियतनाम नेपालफ्रेण्डसिप एशोसिएसनबीचदुई पक्षीयलगानीअभिवृद्धि एवं व्यापार सहजीकरण गर्नेबारे समझदारी भएको हो ।
कृषि, पर्यटन र व्यापार जस्ता प्रमुख क्षेत्रहरुमा सहकार्य बढाउने विषयमाभियतनामकाअधिकारीहरुसंग छलफल भएको नेपाल चेम्बर अफकमर्सद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल चेम्बर अफकमर्सका अध्यक्षकमलेश कुमार अग्रवालले बुद्धको जन्मस्थलनेपालको लुम्बिनीमाभियतनामी पर्यटक भित्र्याउनआग्रह गरे ।भियतनामका बहुसंख्यक बुद्ध धर्मावलम्वीलाई नेपालको भ्रमण गराएर पर्यटन प्रर्वद्धन गर्नुपर्ने भन्दै अध्यक्षअग्रवालले यसकालागि सहजीकरण गर्न चेम्बर तयार रहेको बताए । 
कृषि, पर्यटन तथाऔद्योगिक क्षेत्रमालगानीकालागि समेत उनले भियतनामकाप्रतिनिधीसमक्षआग्रह गरे । अध्यक्षअग्रवालले भने, ‘नेपाललगानीको दृष्टिकोणले उत्कृष्ट गन्तव्यहो, लगानीको प्रतिफल सुनिश्चित गर्न चेम्बर अफकमर्स प्रतिवद्ध छ ।
नेपालको कृषिविकासमा सहयोग एवं खाद्य सुरक्षाअभिवृद्धि र आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने उद्देश्यले भियतनामसंग सहकार्य गर्न चाहेको अध्यक्षअग्रवालको भनाई छ । चेम्बर पदाधिकारीसंगको भेटवार्तामा भियतनाम नेपालफ्रेण्डसिप एशोसिएसनकाअध्यक्षट्रान अन्हतुवानले नेपालको प्राकृतिक सुन्दरताले आफुलाई निकै लोभ्याएको बताए । नेपालसंग सहकार्य गर्न आफुहरु तयार रहेको र लगानीका क्षेत्रहरु खोज्नुपर्नेमा उनले जोड दिए । 
 

शनिबार १९ असोज २०८१ ०५:३५ PM मा प्रकाशित

प्रतिक्रिया