images

गोकर्णेश्वर नगरपालिकाद्वारा भूकम्प पीडितलाई पाँच लाख सहयोगको घोषणा

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिकाद्वारा जाजरकोट भूकम्पबाट पीडितका भएकाहरुका लागि पाँच लाख आर्थिक सहयोग घोषणा गरेको छ।  नगर प्रमुख दीपककुमार रिसालले भूकम्प पीडितको सहयोगका लागि उक्त रकम नगरले सहयोग गर्ने घोषणा गरेको जानकारी दिए। जाजरकोटको रामीडाँडा केन्द्र बिन्दू भएर गएराति गएको भूकम्पबाट पीडित बनेकाका लागि सम्पूर्ण नेपालीहरुले आर्थिक भौतिक नैतिक सहयोग गर्नुपर्ने बताउँदै समग्र गोकर्णेश्वर नगरवासीको तर्फबाट केही सहयोग होस् भनेर ५ लाख आर्थिक सहयोग प्रदान गरिने रिसालले बताए। भूकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा सयौंको मृत्यु, सयौं घाइते र भौतिक संरचना घरहरु भत्किएकोमा दुख व्यक्तसमेत गर्दै घाइतेको तत्काल उपचार व्यवस्थापन गर्नसमेत सरकारलाई आग्रह गरेका छन्।

आइतबार​ १९ कात्तिक २०८० ०७:५० AM मा प्रकाशित

प्रतिक्रिया