images

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैँ 

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बिहान साढे ८ बजे बस्दैँ छ । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान आफ्नै निवास खुमलटारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ संगठन अखिल क्रान्तिकारीको स्थगित २३औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल हुने उनको सचिवालयले जनाएको छ ।


 

बिहीबार २० मंसिर २०८१ ०९:११ AM मा प्रकाशित

प्रतिक्रिया