images

हात्तीको उपद्रो,१२ भन्दाबढी घरमा क्षति

रौतहट। रौतहटको दुई पालिकाको विभिन्न स्थानमा रहेको बस्तिमा १२ भन्दाबढी घर हातीले भत्काईदिएको छ । जङ्गलीहातीको बथानले करिव दुई साताअघिचन्द्रपुर नगरपालिकामा ८ र फतुवाविजयपुर नगरपालिकामा ४ घर भत्काएको हो । चन्द्रपुर नगरपालिकावडा नं. ३ गैडाटारमा ७  रवडानम्बर २ को जुडिबेलामा एक घर भत्काएको छ । गैडाटारका स्थानियनविनतमाङ्गकाअनुसार सन्त बहादुर रुम्बा, मीना राई, छेनामसिहलोप्चन, बलीमायालोप्तन, बोम्जन साईला, सुबास ठोकर, साईलागोलेको घर जङ्गलीहातीले भत्काईदिएको छ ।  हातीले जुडिवेलामा रहेको एक घर भत्काएको छ भने कालापानी सामुदायिक बन उपभोक्ता समुहको बनक्षेत्रमानिर्माणपार्क र पानीघट्टमापनिक्षति पुरयाएको उनले बताए । चन्द्रपुर नगरपालिकाअन्र्तगतवडानम्बर २ को जुडिबेला, ३ गैडाटार , वडानम्बर ४ कप्तानटोल र जंगलटोल क्षेत्रमाहात्तीले घर, टहरा, गोठ र धानको भकारी भत्काउनुका साथै किसानको बालीमा समेत क्षती पुरयाउदै आएपछियहाँकाबासिन्दाचिन्तितभएकाछन् । फतुवाविजयपुर नगरपालिकावडा नं. ११ वुटवाबस्तिमा ४ घर हातीले भत्काईदिएको छ । स्थानियविजय चौधरीकाअनुसार उदय चौधरी, मिलन मगर ,हरिशरण मैनाली , लगायतका घरमा हातीले क्षतिपुर्याएको छ । विगतकेहिमहिना देखि नगर भित्र रहेको जंगलमा देखा परेको हात्ती बेलुका र विहानबस्तिनजिकमाआउने गरेको स्थानियले बताएकाछन् । हात्तीले केरा खतीमाबढीक्षती गरेको किसानको गुनासो छ । 
सामुदायिकवन क्षेत्रमा७÷८ वटा समुहमा नै हात्ती देखा परेको उनीहरु बताउँछन् । उनीहरुकाअनुसार हात्ती यस क्षेत्रको बन वारीपरि नै छ ।गाँउनजिकै रातिको समयमाहाती देखा पर्न थालेपछि वरपरका बासिन्दा रातभर त्रासमाबस्ने गरेका छन् । रातैभर हात्तीको उपद्रोका कारण सुत्न समेत नपाएको गाँउलेहरुको गुनासो छ । गाँउनजिक सामुदायिकवन रहेकाले त्यहीबाटहातिप्रवेश गरेको हुन सक्नै भन्दै सतर्कताअपनाउन सवैमा डिभिजनवनकार्यालय रौतहटले सुझावदिएको छ । जङ्गलीहात्तीहिँड्ने सम्भावितबाटोमा यात्रागर्दा सावधानीअपनाउन र झिसमिसेमा यात्रानगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
 

सोमबार २२ पुस २०८१ ०८:२४ AM मा प्रकाशित

प्रतिक्रिया