images

प्रचण्डको सरकारलाई प्रश्नःसबै कामकार्यपालिकाले गर्ने भएव्यवस्थापिकाकिनचाहियो ?

काठमाडौं। नेकपामाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहालले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै कार्यपालिकाले नै सबै गर्ने भएव्यवस्थापिकाकिनचाहियो भनेर प्रश्न गरेका छन् । 
प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधनगर्दैउनले सरकारले संसद अधिवेशनबाटभागेर षड्यन्त्रपूर्ण तरिकाले एकपछिअर्का अध्यादेशहरु ल्याएको बताए ।उनले भने, ‘माघ ८ गते संसदको बैठक आव्हान गरिएको छ तर जम्मा ६ दिनअघिदर्जनौं ऐन संशोधन गर्ने गरी पाँचपाँचवटाअध्यादेश ल्याइएको छ । पछिल्लापैंतीस वर्षमा नेपालीकांग्रेसले बाह्रपटकप्रधानमन्त्रीचलाएछ, नेकपाएमालेले सात पटक, पैंतीस वर्ष शासन गरेपछिआजआएर देशको विकास६दिनढिलो हुने भयो भनेर ल्याउनुभयो त अध्यादेश ?उखान छ नि, सौ चुहाखाके बिल्लीहज के लिएचली । तपाईहरु पनि अब विकासको हाजीहुनुभएको हो ?’ यस्तै, उनले रातारात चोरबाटोबाटअध्यादेशल्याउनु सरकारको नियत सहीनभएको उल्लेख गरे । उनले भने, ‘अरु बेला संसदमादुई तिहाइको घमन्ड सुन्नुपर्ने । बलियो सरकारको अहंकार सुन्नुपर्ने । अनिशासनचाहिँअध्यादेशहरुबाटचलाउने ? यो सार्वभौम संसदको अपमान र अवहेलनाहो । योकेवलहामीविपक्षसँग सरकारको डरमात्रहोइन, आफूलाई समर्थन गरेका सत्तापक्षकामाननीयहरुमाथि समेत सरकारको अविश्वास हो ।’साथै उनले संसदमाविचाराधीनविधेयकफिर्ता समेत नलिई किनल्याइयो अध्यादेशभन्दै प्रश्न गरे । उनले भने,‘संसदमाविचाराधीनविधेयकफिर्ता समेत नलिई किनल्याइयो अध्यादेश ? सरकार र संसदले चाहँदाफास्टट्रयाकबाटविषयगत समिति, प्रतिनिधि सभा र राष्ट्रिय सभाबाटदशदिनमै पनिविधेयकपारित गर्न सकिन्छजबकिप्रतिस्थापनविधेयकले ६० दिनको लामो प्रकृया पार गर्नुपर्छ । देश र जनताकालागि सोचेको भएतपाईहरु संसदसँग डराउनुहुने थिएन । स्वार्थसमूहहरुलाई पोस्नुपर्ने भएकैले तपाईहरुले अध्यादेशको चोरबाटो समाउनुभयो । कार्यपालिकाले नै सबै गर्ने भएकिनचाहियो त व्यवस्थापिका?’
 

बिहीबार २४ माघ २०८१ ०५:४३ PM मा प्रकाशित

प्रतिक्रिया