images

घरदैलो अभियानमा व्यस्त एमाले

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी एमाले बाजुराबाट उम्मेदवार बनेका नेता लाल बहादुर थापा यतिबेला घरदैलो अभियानमा व्यस्त छन्।आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो बिजयी हासिल गनको लागि बाजुराका दुर्गम बस्तिमा रहेका मतदाताहरु संग नेता थापाले भोटको अपिल गर्दै आएका छन्।नेकपा ९एमाले० बाजुराले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ९ वटै स्थानीय तहमा कार्यकर्ता भेला तथा चुनावी अभियान सञ्चालन गरेको छ । कार्यकर्ता संग भेटघाट र जनताका जनआकांक्षा सुन्न सिंगो एमाले बाजुरा घरदैलो अभियान गरिरहेको छ।आगामी निर्वाचनमा एमाले बाजुराबाट उम्मेदवारी दिएका थापा निवर्तमान प्रतिनिधि सभा सदस्य समेत हुन्। पुनः पार्टीले थापालाई टिकट दिएपछि उनी पुनः निर्वाचनको लागी चुनावी मैदानमा उत्रिएका छन्। थापा अहिले गाउँ–गाउँ पुगेर जनतासंग प्रत्यक्ष सुखःदुःख साटासाट गरिरहेका छन्।२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय भोगेको एमाले बाजुरा यसपटक निर्वाचन जित्ने दाउका साथ लागेको छ। २०७९ सालको प्रत्यक्षतर्फको प्रतिनिधि सभा निर्वाचनमा एमालेका कर्ण बहादुर थापा नेपाली कांग्रेसका ब्रदी पाण्डे संग पराजित भएका थिए।समसामयिक राजनीतिक अवस्था, पार्टीको भावी रणनीति, आगामी निर्वाचनमा पार्टीको भूमिका तथा स्थानीय स्तरका समस्या र विकासका विषयमा यतिबेला एमाले बाजुराले गहन छलफल गरिरहेको छ। त्यस्तै थापाले पुनः आफूलाई विजयी हासिल गराउन जनताहरु संग मतको अपिल गर्दै आएका छन्।थापा संगै बाजुराबाट एक स्वतन्त्र सहित ६ जना चुनावी मैदानमा छन्।
 

शुक्रबार​ २३ माघ २०८२ १२:०५ PM मा प्रकाशित

प्रतिक्रिया