चैत्र २३, काठमाडौं । महासंघको हालै सम्पन्न २६ औं साधारण सभा एवं १३औं अधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी एवं कार्य समिति सदस्यहरूले पद तथा गोपनियताको सपथ लिँदै कार्यभार ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता टंक प्रसाद दुलालले नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरूलाई सपथ गराउनु भएको हो । सपथपछिको सभालाई सम्बोधन गर्दै महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डेले आफू कर्ममा विश्वास गर्ने व्यक्ति भएको बताउँदै सबै तह र तप्काका निर्माण व्यवसायीहरूको वृद्धि विकासका लागि इमान्दार भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । विभागीय मन्त्रीसँगको छलफलमा आफूले निर्माण उद्योगमा विद्यमान समस्याहरूबारे जोडदार रुपमा ध्यानाकर्षण गराएको जानकारी गराउँदै अध्यक्ष पाण्डेले क्रमशः सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्नुभयो । सपथ ग्रहण समारोहमा निवर्तमान अध्यक्ष रवि सिंह, निवर्तमान वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) लगायतले निर्माण उद्योगको बृहत्तर हितका लागि आफूहरूको सदैव साथ सहयोग रहने धारणा व्यक्त गर्नुभयो ।



प्रतिक्रिया