अमेरिका - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को नवरत्न पुरस्कार समितिको संयोजनमा तारा अधिकारी चयन भएकी छिन् ।
अनेसासको केन्द्रीय सदस्यसमेत रहेकी अधिकारीको संयोजन समितिले नेपाली भाषा, साहित्य, कला र सामाजिक क्षेत्रका ९ जना महिलाको चयन गरि नवरत्न पुरस्कारद्वारा सम्मानित गर्नेछ ।
नगद २०० डलर र सम्मानपत्र रहने यस सम्मानबाट ३६ जना सम्मानित भइसकेका छन् ।