images

काभा नेसन्स लिगको फाइनलमापुग्न इरानविरुद्ध भिड्दै नेपाल

काठमाडौं । काठमाडौंमा जारी काभामहिलाभलिबल नेसन्स कपको फाइनलमापुग्न नेपालले आज इरानसँग भिड्दैछ । नेपाललिगको उपविजेताबन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमामंगलबार हुने दोस्रो सेमिफाइनल साँझ सवा ५ बजे सुरु हुनेछ । इरानसँगलिग चरणमा भोगेको हारको बदलालक्ष्यसहित नेपाल मैदानप्रवेश गर्नेछ ।, आइतबार भएको लिग चरणको खेलमानेपाल इरानसँग ३–२ को सेटमा पराजितभएको थियो । प्रतिस्पर्धात्मक खेलमा नेपालले सर्भिस र डिफेन्समागल्तीगर्दा लिगमा नै पहिलो हार व्यहोरेको थियो । उता इरानभने नेपालविरुद्ध लिग चरणकै नतिजा दोहोराउने प्रयासमाहुनेछ । 
त्यस्तै, आजै हुने अर्को सेमिफाइनल खेलमाभारत र श्रीलंका भिड्दैछन् । सो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । 
 

मङ्गलबार २२ साउन २०८१ १२:३९ PM मा प्रकाशित

प्रतिक्रिया