images

विपद्पछिस्वास्थ्यकर्मीहरुले गरिरहेको कामको अवलोकनगर्दै स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्यतथा जनसंख्यामन्त्रीप्रदीपपौडेलले विपद् प्रभावित क्षेत्रमाविपद्पछि स्वास्थ्य संकटनिम्तननदिन स्वास्थ्यकर्मीहरुले गरिरहेको कामको अवलोकन गरेका छन् । बाढी र पहिरोका कारणधनजनको क्षतिभएको काभ्रेप्लाञ्चोकको पनौती र बेथानचोक पुगेका मन्त्रीपौडेलले विपद् प्रभावितको उपचार भैरहेको धुलिखेल अस्पतालमापुगेर बिरामीहरुले निःशुल्कउपचार पाएनपाएको जानकारी लिए । मन्त्रीपौडेलले उपचाररत बिरामीहरुसँग सेवाबारे जानकारी लिंदै निःशुल्कउपचार पाएनपाएको तथागुणस्तर कस्तो रह्यो भन्दै बिरामीसँगप्रश्न गरे । परिवारका सात जनागुमाएकामाइलातामाङसँग परिवारको दुःखप्रति सहानुभूतिप्रकटगर्दै उनले उपचार सेवामाकुनै कमीभएभन्नआग्रह गरे । जवाफमातामाङले भने, उपचार त राम्रो पाइरहेको छु । पैसा तिर्नु पनि परे । तर परिवारका कोहीबचेनन् बस्ने घर पनि छैन । सरकारले उपचारपछिजाने ठाउँपनिखोजिदिएहुन्थ्यो, जवाफमामन्त्रीपौडेलले उपचारको सबै जिम्मा सरकारले लिने भन्दै बाँकी सहयोगकालागिपनि सकेको पहलहुने बताए । मन्त्रीपौडेलले बिरामीको उपचारका लागिधुलिखेल अस्पतालले पुर्याएको सहयोगप्रतिधन्यवाददिंदै अब प्रदुषितपानीतथाफोहोरका कारण संक्रमण फैलनसक्ने भन्दै त्यसलाई रोकथाम गर्न पनि सचेतना फैलाउन र उपचारको तयारी गर्न आग्रह गरे । मन्त्रालयले स्वास्थ्य संकटआउननदिनपानीको शुद्धिकरण र सरसफाइबढाउनअनि बिरामीको सहजउपचारका लागिआवश्यक हरसम्भव उपायअपनाउने भन्दै उनले सचेतना फैलाउने काममातीनै तहमिलेर जान सकिएमात्र सम्भव हुने बताए । पनौती १२ भूमिडाँडाकलातीमापहिरोमाभत्किएको स्वास्थ्यचौकीको विकल्पमा टेन्टटाँगेर उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई सेवाकालागिधन्यवाददिंदै मन्त्रीपौडेलले नागरिकलाई संक्रामक रोग लाग्ननदिनपानीको शुद्धिकरण र सरसफाइकालागिचाहिने सामग्रीआवश्यकताअनुसार उपलब्ध गराउने बताए ।  
 

आइतबार​ २० असोज २०८१ ०२:२८ PM मा प्रकाशित

प्रतिक्रिया