images

नेपालीको हितको रक्षा मुख्य प्राथमिकता : परराष्ट्रमन्त्री श्रेष्ठ  

काठमाडौं । सत्ता गठबन्धनको दलीय समीकरण फेरिएसँगै गृहमन्त्रालय छाडेर परराष्ट्रको जिम्मेवारीमा आएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।
बुधबार शपथ ग्रहणपछि पदभार सम्हाल्दै उनले विदेशमा रहेका नेपालीहरुको हितका रक्षा गर्ने कुरालाई आफ्नो महत्वपूर्ण कार्यभारको अंग बनाउने प्रतिबद्धता जनाए ।  उनले भने,‘हाम्रा नेपालीहरु जो वैदेशिक रोजगारमा छन् । वैदेशिक रोजगारमा रहेका सबै नेपालीको हितको रक्षा गर्ने कुरालाई हामीले आफ्नो कार्यभारको एउटा अभिन्न महत्वपूर्ण अंग बनाउनेछौ ।
उनले पहिलो प्राथमिकताको विषय देशको राष्ट्रिय सार्वभौमिकता, भौतिक अखण्डता, स्वाधीनताको रक्षा र प्रवर्धन गर्नु रहेको भन्दै त्यसमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले भने,‘मेरो पहिलो देशको लागि पहिलो प्राथमिकताको विषय देशको राष्ट्रिय सार्वभौमिकता, भौतिक अखण्डता, स्वाधीनताको रक्षा र प्रवद्र्धन गर्नु हो । हरेक देशका नागरिकको पनि यो जिम्मेवारी हो । तर, मूलतः यसमा सरकारले भूमिका खेल्नुपर्ने हुन्छ ।’ 
छिमेकी राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउँदै जाने पनि उनको प्रतिबद्धता छ । 
 

बिहीबार २४ फागुन २०८० ०८:५७ AM मा प्रकाशित

प्रतिक्रिया