ओसाका, जापान । याएनोसातो ड्राइभिङ स्कुलको मुख्य प्रायोजनमा आयोजित छैटौँ बेनि कप फुटसल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको प्रतियोगितामा एनएस हिमेजीले उपाधि जित्दै च्याम्पियन बन्न सफल भयो भने किताक्युशु वारियर्स उपविजेतामा सीमित रह्यो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न व्यक्तिगत विधामा सम्मान गरिएको थियो। किताक्युशु वारियर्सका दीपेश गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए भने सोही टोलीका अर्जुन थिङ उत्कृष्ट गोलकिपर चुनिए। बेनि एफसीका सुमन तामाङ सर्वाधिक गोलकर्ता बने भने एनएस हिमेजीका पुरन मगर उत्कृष्ट डिफेन्डर घोषित भए। स्टार एफसीले अनुशासित टोलीको पुरस्कार प्राप्त गर्यो।
प्रतियोगिताको सफल आयोजनाका लागि बेनि एफसीले सहभागी सम्पूर्ण टोली, खेलाडी, टिम व्यवस्थापक, स्वयंसेवक, सहयोगी तथा प्रायोजकहरूप्रति आभार व्यक्त गरेको छ। साथै प्रमुख अतिथि युवा व्यवसायी तथा समाजसेवी तेज गुरुङ, विशिष्ट अतिथि समाजसेवी दिलीप शर्मा तथा अन्य अतिथिहरूको उपस्थितिले प्रतियोगितालाई थप भव्य र स्मरणीय बनाएको बेनि फुटबल क्लबका म्यानेजर मनोज बाँनियाले बताए ।
बेनि एफसीले आगामी दिनमा पनि सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दै प्रतियोगितालाई अझ व्यवस्थित र उत्कृष्ट बनाउने म्यानेजर बानियाँले बताए ।
प्रतियोगितामा नेपाली समुदायका ३१ फुटबल क्लबहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया