images

नेपाली चलचित्र ‘पेन्सन पट्टा’ जापानको ओसाकामा प्रदर्शन हुने

ओसाका । नेपाली चलचित्र ‘पेन्सन पट्टा’ जापानको ओसाकामा प्रदर्शन हुने भएको छ। चलचित्रको ओसाका शो २०२६ नोभेम्बर ९ तारिख सोमबार ओसाका सिटी मिनातो सिभिक सेन्टर, इसोजी, मिनातो वार्डमा हुने चलचित्र प्रदर्शन व्यवस्थापन गरिरहेका पृथ्वी मगरले जानकारी दिए।

चलचित्रले आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राख्दै जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने प्रयासको कथा प्रस्तुत गरेको जनाइएको छ। माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा नेपाली समाजमा लाहुरे जीवन, परिवार, सम्बन्ध, प्रेम, त्याग तथा मानवीय संवेदनालाई कथाको मुख्य विषय बनाइएको छ।

चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई र लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय रहेको छ।

जापानमा रहेका नेपाली दर्शकलाई लक्षित गरी आयोजना गर्न लागिएको ओसाका प्रदर्शनमा चलचित्रमार्फत नेपाली समाज, परिवार र सम्बन्धसँग जोडिएका विषयवस्तुलाई पर्दामा प्रस्तुत गरिने आयोजकले जनाएको छ।

बुधबार २१ असोज २०८३ १२:३३ PM मा प्रकाशित

प्रतिक्रिया