काठमाडौँको बौद्ध विद्यालयका चार विद्यार्थीमा दादुरा पुष्टि !

 काठमाण्डौँ - काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका बालबालिकामा दादुरा संक्रमण देखिएको छ । नगरपालिकाको वडा ९ आरूबारीमा रहेको गुम्बाद्वारा सञ्चालित बौद्ध विद्यालयका चार विद्यार्थीमा दादुरा पुष्टि भएको हो ।

नगरपालिकाका स्वास्थ्य संयोजक हरि उपाध्यायका अनुसार पाँच जना बालबालिकाको रगत नुमना लिइएकोमा चार जनामा संक्रमण पुष्टि भएको छ ।