images

बाहिर कांग्रेस नेताहरुले भनेजस्तो अहिले गठबन्धनमाकुनै समस्या छैन् ःमाओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेसका नेताहरुले सरकार परिवर्तनको विषयलाई लिएर बाहिर भनेजस्तो समस्या गठबन्धनभित्र नभएको स्पष्ट पारेको छ । शुक्रबार पार्टी कार्यलय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठको निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्नी प्रसाद सापकोटाले कांग्रेसका नेताहरुले सरकार परिवर्तनलाई लिएर जे जस्तो धारणा राखेता पनि अहिले गठबन्धनमा कुनै समस्या नभएको प्रस्ट्याए । उनले गठबन्धन पाँचै वर्ष टिक्ने दाबी पनि गरे। उनले भने,‘कांग्रेसका कतिपय नेताहरुले केके भन्छन् भनेर त्यसको हिसाब किताब राखेर साध्य छैन् । अहिले गठबन्धनमा कुनै समस्या छैन् । यो गठबन्धन जान्छ पाँचै वर्ष जान्छ ।’ त्यस्तै बैठकमा विधान सम्बन्धि छलफल सुरु भएको पनि उनले जानकारी दिए । मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको र सो प्रतिवेदनमाथि छलफल सुरु भएको उनले बताएका छन् । ‘बैठकमा सबभन्दा पहिला विधान मस्यौदा कार्यदलको संयोजक उपाध्यक्ष पम्फा भूषालले छलफलका लागि धारणा राख्नुभयो । त्यसपछि महासचिवले राख्नुभयो र उपमहासचिवहरु र त्यसबाहेक स्थायी कमिटी सदस्यले धारणा राख्नुभयो,’ सापकोटाले भने । 
 

शुक्रबार​ २६ माघ २०८० ०६:१७ PM मा प्रकाशित

प्रतिक्रिया