थप युद्ध सामग्रीका लागि युक्रेनद्वारा बेलायतसँग सहयोगको अपिल

काठमाण्डौँ - युक्रेनले थप युद्ध सामग्री सहयोग गर्न बेलायतसँग आग्रह गरेको छ ।

रुसको आक्रमणपछि पहिलो पटक युरोपको भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँगको भेटमा हालसम्म गरेको सहयोगलाई अझ बृद्धि गर्न आग्रह गरेका छन् । 

उनले थप लडाकु विमान पठाउन आग्रह गरेपनि बेलायतले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन । बेलायती सेनाले आफ्नो मुलकलाई यसअघिदेखि नै विभिन्न सहयोग जारी राखेपनि यसलाई थप विस्तार गर्न राष्ट्रपति जेलेन्स्कीले आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भ्रमणका क्रममा जेलेन्स्कीले बेलायती सांसदहरुसँगको अन्तरक्रियामा आफ्नो मुलुक निकै संघर्षपूर्ण अवस्थामा रहेपनि सत्यको जीत हुने विस्वास व्यक्त गरे । उनले रुसले आक्रमण थालेसँगै कठिन अवस्थामा रहेको बेला बेलायतले गरेको सहयोगको खुलेर प्रशंसासमेत गरे ।