टर्की भूकम्प : कम्तीमा १५ हजारको मृत्यु, सत्ता र प्रतिपक्ष प्रकोपलाई राजनीतिकरण गर्न थाले

काठमाण्डौँ - टर्कीको दक्षिण पूर्वी गाजिआनतेप शहरमा केन्द्रविन्दु भई गएको शक्तिशाली भूकम्पमा परी हालसम्म १५ हजार व्यक्तिको ज्यान गएको छ। सिरिया र टर्कीमा गरी उक्त सङ्ख्यामा मानिसहरूको ज्यान गएको हो ।

तर, भूकम्पजस्तो प्रकोपमा पनि उद्धार कार्य सुस्त भएको र सरकार यस प्रकारको प्रकोपमा लागि तयार नभएको भन्दै टर्कीस सरकारको आलोचना भइरहेको छ। प्रकोपलाई राजनीतिकरण गर्ने कार्य सुरु भएको छ।

टर्कीका राष्ट्रपति रेसेप टेइप एरडोगनले भने आफ्नो सरकारको बचाउ गर्दै यस प्रकारको प्रकोपको पूर्वतयारी गर्नु असम्भव रहेको बताएका छन्। उनले आफ्नो सरकारले केही समस्या भोगे पनि हाल अवस्था नियन्त्रणमा रहेको बताएका छन् । यता टर्कीका मुख्य प्रतिपक्षी दलका नेता केमल किलिक्डारोग्लुले भने राष्ट्रपतिको भनाइप्रति असहमति जनाएका छन्।

राष्ट्रपति एरडोगनले भने उक्त आरोप अस्वीकार गर्दै प्रकोपपछिको समयमा एकता आवश्यक रहेको बताएका छन्। यस्तो समयमा राजनीतिक स्वार्थका लागि नकारात्मक अभियान चलाउनेहरूको म मुख टाल्दै हिँड्न सक्दिनूँउनले भने । यता सिरियामा भने वर्षौँदेखिको द्वन्द्वले पूर्वाधारहरू ध्वस्त भएकाले राहत तथा उद्धार कार्य प्रभावित बनेको छ ।