सरकार र राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाण्डौँ - सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक आज बस्दैछ । बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्तापछि बिहिबार संयन्त्रको बैठक बस्न लागेको हो । 

उक्त भेटपछि प्रधानमन्त्री प्रचण्डले सो बैठकपछि संयन्त्रको बैठक बसाउन दुवै नेता बिच सहमति भएको जानकारी दिएका थिए । दुई महिना नपुग्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रचण्ड सरकारबाट बाहिरिएको स्थीति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपटी सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो । बैठकमा मुख्यतः प्रचण्ड सरकारको पुर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको बिषयमा छलफल हुने जनाइएको छ ।