नेपालमा अमेरिकाको चासो बढ्दै, सन्धी सुरक्षामा चनाखो हुनुपर्ने जानकारहरुको जोड

काठमाडौँ - नेपालमा पछिल्लो समय अमेरिकाको चासो बढ्दै गएको छ । गएको एक महिनामा चार अमेरिकी महिला अधिकारीहरूको नेपाल भ्रमण तय भएको छ । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएआईडीकी प्रमुख सामन्था पावरले नेपालको भ्रमण गरिसकेकी छन् । सामन्था राष्ट्रिय सुरक्षा परिषद्की सदस्य तथा क्याबिनेट तहकी अमेरिकी अधिकारी पनि हुन् । पावरपछि अमेरिकाबाट अर्का दुई वरिष्ठ अधिकारी आउने तय भएको छ ।

फागुन पहिलो साता दक्षिण तथा मध्यएसिया मामिला विभागकी उपसहायक राज्यमन्त्री अफ्रिन अख्तर र राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचारले नेपाल भ्रमण गर्न लागेका हुन् । नेपालमा अमेरिकीको तारन्तार भ्रमणमा कसैको चासो गएको देखिदैन । किन यसरी लगातार भ्रमण भइरहेको छ त ? राजनीतिक विश्लेषक डा। सुरेन्द्र केसीका अनुसार विश्वको शक्तिशाली मुलुकले नेपालमा आइरहनु सामान्य नै हो ।