उद्योग वाणिज्य महासंघमा भावी अध्यक्ष बन्न दौडधुप सुरु

 काठमाण्डौँ - देशभरका उद्योगीरव्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघमा भावी अध्यक्ष बन्ने दौडधुप सुरु भएको छ । व्यवसायीबीच यही चैत २८ र २९ मा हुने महासंघको साधारण सभा तथा निर्वाचनबाट महासंघको २१औँ अध्यक्ष बन्ने दौडधुप सुरु भएको हो ।

महासंघले प्रत्येक ३र३ वर्षमा आफ्नो भावी अध्यक्ष चुन्दै आएको छ । महासंघमा साधारण सभा तथा निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष चुनिने छन् भने वर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको छ । यो प्रावधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः महासंघको २०औँ अध्यक्ष बन्नेछन् ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले महासंघको निर्वाचन सोही पदमा केन्द्रीत हुँदै आएको छ । सोही कारण, वरिष्ठ उपाध्यक्ष बन्ने दौड सुरु भएको व्ययवसायीहरु बताउँछन् । हाल देशमा व्यवसायीहरूको ३ वटा छाता सङ्गठन महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स छन् । यीमध्ये, महासंघमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चुनिँदै आएको छ भने अन्य दुई संस्थामा आपसी समझदारीमार्फत नेतृत्व चुनिँदै आएका छन् ।