काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनकै उम्मेदवारलाई मत दिने निर्णय गरेको छ । आज विहीवार केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टी पदाधिकारी र संसदीय दलको बैठकले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।
बैठकले आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले राष्ट्रपति निर्वाचनको मतदान स्थल नयाँ बानेश्वरमा रास्वपाका सबै १९ जना सांसद मतदान गर्न जान लागेको बताए ।