काठमाडौँ - दोलखामा पहिरोमा पुरिएर बालकको मृत्यु भएको छ ।
बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो । तामाकोसी नदीमा माछा मार्न गएका तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ ।
उनी गएराति माछा मार्न तामाकोसी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन्। तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । केही दिनअघि गौरीशङ्कर गाउँपालिका–७ मा पहिरोबाट दुईजनाको ज्यान गएको थियो ।
पहिरोमा परेर दुई जना अझै बेपत्ता छन् ।