ओसाका, जापान । नवलपुर समाज जापान कान्साईको आयोजनामा नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर ‘तीज फेस्टिभल ओसाका २०२६’ आयोजना हुने भएको छ। आयोजकका अनुसार आगामी सेप्टेम्बर १२ तारिख शनिबार ओसाकास्थित आबेनो कुमिन सेन्टरमा आयोजना हुने कार्यक्रममा नेपालका चर्चित कलाकारहरू देवी घर्ती, रामजी खाँड र टीका सानुको विशेष सांगीतिक प्रस्तुति रहनेछ।
नेपाली कला, संस्कृति, परम्परा र मौलिकताको संरक्षण तथा प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, सद्भाव र भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष समुन्द्र पौडेलले जानकारी दिए ।
कार्यक्रम सेप्टेम्बर १२ तारिख साँझ ५ बजेबाट सुरु हुनेछ। कार्यक्रममा जापानमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमको प्रवेश टिकट २ हजार जापानी येन तोकिएको छ। आयोजकले नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई तीज पर्वलाई भव्य र सभ्य रूपमा मनाउन आग्रह गरेको छ।
कार्यक्रमसम्बन्धी थप जानकारी तथा टिकटका लागि समुन्द्र पौडेल ०८०–२७३१–६१७३०, शंकर भुसाल ९०८०–७९८५–७५७००, कृष्ण भुसाल ९०८०–४२७३–६९३२० र दिपक खत्री ९०८०–९५१२–६११९ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रतिक्रिया