images

खेलकुदक्षेत्रको विकासपहिलो प्राथमिकतामा ः प्रदेश मन्त्रीमहर्जन 

मकवानपुर । बागमतीप्रदेशयुवातथा खेलकुदमन्त्रीमीनकृष्ण महर्जनले युवाको आकर्षण बढ्दै गएको खेलकुद क्षेत्रको विकासलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–४ चैनपुरमा आयोजित दोस्रो चैनपुर जेसीजमनहरी कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्रीमहर्जनले खेलकुदको माध्यमबाट स्वस्थ र अनुशासितनागरिक तयार गरी राष्ट्रिय एकता र राष्ट्रिय गौरव बढाउन मन्त्रालयले प्राथमिकतादिएको बताए । उनले युवाको आकर्षण बढ्दै गएको खेल क्षेत्रको संरक्षण र विकास गरी राष्ट्र निर्माणमा सहभागी गराउनप्रयासरत रहेको उल्लेख गरे । सीमित स्रोतसाधनकाबाबजुदपनि खेलकुद क्षेत्रको समग्र सुधारका लागिलागिपरेको उनको भनाइ छ । उनले भने, ‘बागमतीप्रदेशको खेलकुदमन्त्रालयको जिम्मालिएसँगै खेलकुद क्षेत्रमालागू औषधदुर्वेसनीलाई निम्नबनाउनखोजिरहेको छु र खेलकुदपूर्वाधार विकासमा म अभिरात्र खटिरहेको छु ।’
 

शनिबार २४ कात्तिक २०८१ ०८:१४ AM मा प्रकाशित

प्रतिक्रिया